२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

जनसेवा न्युज ढटकम संवाददाता

बारा जिल्लाको बिभिन्न पालिकाहरुमा गरी अहिले सम्म १७ स्थानमा वडाअध्यक्षको मत गणना सम्पन्न भएको छ । १७ विजयी वडाहरुमा नेपाली काँग्रेस १२ स्थानमा बिजयी भएको छ भने एमाले ३ वडामा र जसपा २ वडामा विजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामाको वडा नम्बर १, २२, २४ गरी तीन वडामा कांग्रेस र २३ नं। वडामा एमालेले जित हासिल गरेको छ । त्यस्तै सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ र २ मा जीत हात पारेको छ ।

कोल्हवी नगरपालिकामा १०, ११ मा नेपाली काँग्रेसले वडा अध्यक्षमा जित हात पारेको छ । त्यसैगरी प्रसौनी गाँउपालिकाको वडा २ मा काँग्रेस बिजयी भएको छ भने १ नंः वडामा एमाले जीत हात पारेको छ ।

परवानीपुर गाँउपालिकाको वडा नम्बर १ मा एमाले र , २ मा नेपाली कांग्रेसका उम्मेदवारले जीत हात पारेका हुन् । त्यस्तै निजगढ नगरपालिकाको वडा नम्बर १२, १३ वडाअध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

त्यसैगरी करैयामाई गाँउपालिकामा वडा नम्बर १ र ८ मा क्रमश जसपा र एमाले निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले बताए ।

आदर्श कोतवाल गाँउपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले जीत हात पारेका हुन् । त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com