२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

रुसी फौजले बिहीबारदेखि युक्रेनमाथि व्यापक रूपमा आक्रमण सुरु गरे

किभ । रुसी फौजले बिहीबारदेखि युक्रेनमाथि व्यापक रूपमा आक्रमण सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय आलोचना र प्रतिबन्धलाई बेवास्ता गर्दै युक्रेनमा आक्रमण सुरु गरेका हुन् ।

उनले अन्य मुलुकहरूलाई यस मामिलामा दखल दिएमा कहिल्यै नदेखेको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

युक्रेनको नेतृत्वले अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । युक्रनले देशको उत्तर, दक्षिण र पूर्व दिशाबाट सुरु भएको रुसी हमलालाई ुपूर्ण चरणको युद्धुको संज्ञा दिएको छ ।

युक्रेनका सीमा रक्षकहरूले सार्वजनिक गरेको भिडियो फुटेजमा रुसी सैनिक सवारी साधन गुडिरहेको र राजधानी किभ, पूर्वको खार्किभ तथा पश्चिमको ओडेसामा शक्तिशाली विस्फोटन भइरहेको उल्लेख छ । रुसी फौजले हमला सुरु गरिएको केही घन्टामै युक्रेनको सम्पूर्ण वायु प्रतिरक्षा ध्वस्त पारेको दाबी गरेको छ ।

युरोपेली आधिकारिक निकायहरूले युक्रेनको वायु क्षेत्र सक्रिय द्वन्द्व क्षेत्रमा परिणत भएको घोषणा गरेका छन् । लामो समयदेखि सोचिएको युद्ध सुरु भएकाले विश्वका नेताहरू अब आउने विस्तारित परिणामलाई लिएर आलोचना गर्न थालेका छन् ।

न्यिदब दबलप
यसैगरी विश्वको अर्थ बजार एक्कासी ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । रुसको कदमको कारण ठूलो संख्यामा मानिसको ज्यान जानुका साथै युक्रेनको प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार र भू–राजनीति तथा शीतयुद्ध–उत्तरार्ध युरोपको सुरक्षा सन्तुलनमा उतारचढाब आउन सक्छ ।

युक्रेनको समस्या कूटनीतिक पहलबाट हल गर्ने लामो प्रयास असफल भएपछि अमेरिकादेखि एसिया र युरोपका सरकारहरू रुसविरुद्ध प्रतिबन्ध लगाउन तयार भएका छन् । तर विश्वका शक्ति राष्ट्रहरूले भने युक्रेनको प्रतिरक्षाका लागि आफुहरूले सैनिक हस्तक्षेप नगर्ने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरी रुसले युक्रेनको सैनिक पूर्वाधारमा लक्षित हमला थालेको जनाउँदै मुलुकमा सैनिक कानुन लागु गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com