२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी

काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो

एक प्रत्यक्षदर्शीले भने, ‘त्यहाँ प्रदर्शनकारीले पनि ढुंगा हानेका थिए । केहीबेरमा माथिबाट कागज झरेको जस्तो देखिन्थ्यो । अनि केही पड्किएको पनि सुनियो । एकछिनमै ह्वारह्वारती आगो बलेको देखियो ।’

आगो बलेर धुवाँको मुस्लो निस्किएको धेरैबेरपछि मात्र आगो निभाउन दमकल पुगेको थियो । सो दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् ।

प्रहरीले माइकिङ गर्दै संयमित हुन आह्वान गरिरहेको छ । रमिता नहेर्न र आ–आफ्नो घर जान भनिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com