२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने

काठमाडौँ । आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ । छलफलका लागि हिजो बिहीबार नै बैठक बोलाइएकोमा राजनीतिक सहमति जुट्न नसक्दा बैठक आजका लागि सारिएको थियो ।

आज १ बजे बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल अघि बढ्ने आकलन गरिएको छ । तर त्यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा रहेका छन् । उनीहरुको सहमतिविना या एमालेको समर्थनविना कांग्रेस एक्लैले एमसीसी पास गर्न सक्दैन ।

सहमति वा समर्थन जुटाउन बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा व्यस्त थिए । उनले सत्तारुढ दलकै मूख्य नेताहरू र एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरु समर्थनका लागि प्रयास जारी राखेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com