२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्। तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेका हुन्।

‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मत दिनु उपयुक्त होइन । एमसिसीमा मतदान हुने अवस्था आए सरकारबाट बाहिरिने निष्कर्ष निकालेका हौं’, माओवादी केन्द्रका एक उच्च नेताले भने। माओवादी केन्द्रले एमसिसी सदनमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको माओवादीका ती नेताले बताए । तर नेकपा एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो निर्णय नभइसकेको बताए । ‘पार्टीले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

तत्काल सरकारबाट बाहिरिने विषयमा केही निर्णय भएको छैन। एमसिसी पास गर्ने विषयमा धेरै प्रक्रिया बाँकी छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com