२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

त्रियुगा जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

जनसेवा न्युज संवाददाता

प्रदेश १ . त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरूले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोसाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरू सयौंका संख्यामा छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रदर्शन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ६ राजनीतिक दलहरूले गरेको नेपाल बन्दको असर गाईघाट बजार पूर्ण रुपमा परेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com