२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

नगर प्रमुखको विरोधमा स्थानीयद्वारा तालाबन्दी

जनसेवा न्युज संवाददाता

प्रकाशित : फागुन १३, २०७८

धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख रामज्ञान मण्डलले आफू अनुकुल हाकिम ल्याउनका लागि फर्जी कागजात बनाएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका छन् । बिहिबार हंसपुर नगरपालिकाको कार्यपालिकामा स्थानीयवासीले अधिकृत केशव अधिकारीलाई सरुवा गर्न लगाएको भन्दै नगर प्रमुख रामज्ञान मण्डलको विरोधमा तालाबन्दी गरेका हुन् ।

नगरप्रमुख रामज्ञान मण्डलले फर्जी कागजात तयार गरी अधिकृत अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमितता गरेको आरोप लगाउँदै जनता समाजवादी पार्टी नेपालका स्थानीय नेता बलिराम कापरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय नेता कापरीले नगरप्रमुख मण्डलले कार्यालयमा आफू अनुकूलको अधिकृत ल्याउन कार्यपालिकाको फर्जी बैठक राखेर तथा फर्जी कागजात तयार गरेर अधिकृत अधिकारीलाई यहाँबाट सरुवा गरेको बताए ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै अहिले हंसपुर नगरमा धमाधम विकास निर्माणको काम भईरहेको छ । विकास निर्माणको नाममा हुने कमिसनको चक्करमा नगरप्रमुख मण्डलले अधिकृत अधिकारीलाई सरुवा गर्न खोजेको आरोप उनले लगाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com