२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

घरभित्र छिरेर हातपात गरेपछि राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

घरभित्र छिरेर हातपात गरेपछि राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलाको घरमै पसेर हातपात गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

दाङको तुल्सीपुर बसपार्क नजिकैबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । मन्त्री वलीले एकजना महिलालाई घरमै गएर हातपात गरेको स्थानीयले बताएका छन् । घटनास्थलमा ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए । प्रहरीले वलीलाई सुरक्षा घेरामा राखेर इलाका प्रहरी कार्यालय तुलसीपुर लगेको बताइएको छ ।

स्थानीयहरुका अनुसार मन्त्री वली आज बिहानै एकराज बस्नेतको घरमा घुसेर बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेकी हुन् । तर बस्नेत भने घरमा नरहेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com