२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी परिचालन

जनसेवा न्युज संवाददाता

बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com