२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए। उनका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् ।

सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । सरकारले पीसीआर परीक्षणको शुल्क रु ८०० तोेकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com