इङ्ग्लिस प्रिमियर लिग : दोस्रो खेलमा पनि लिभरपुल अंक बाढ्न बाध्य

इङ्ग्लिस प्रिमियर लिग : दोस्रो खेलमा पनि लिभरपुल अंक बाढ्न बाध्य
जनसेवा न्युज डटकम संवाददाता
लुइस डियाजको गोलमा लिभरपुल गएराति इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १(० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२ औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।
यसपछि लिभरपुल ५७ औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे । खेलको ६१ औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।
लगातार दोस्रो बराबरीसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ । यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २(२ को बराबरीमा रोकिएको थियो । यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६ औं स्थानमा छ ।