२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सुनसरी भोटेकोशी गाउँपालिकामा रहेको लालपुर्जा बिहिन २८ घर परिवालाई मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

जनसेवा न्युज संवाददाता

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।

लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिइन् ।

उनले लालपूूर्जा नहुँदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरिन् । मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूर्णता दिने काममा आफु लागिरहेको बताइन् ।

उनले हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडि बढाइसकेको जानकारी दिइन् । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरेकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com