२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

युक्रेनमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले युद्ध ग्रस्त युक्रेनबाट नेपाली नागरीकको अबिलम्ब उद्धार गर्न माग गरेको छ । शुक्रबार अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारि गर्दै सरकारसँग युक्रेनमा रहेका नागरिकमाथी सुरक्षा चुनौति बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन माग गरेकी हुन् ।

विदेशी भुमिमा रहेका आफ्ना नागरिकमाथी युद्ध , प्राकृतिक विपत्ति महामारी आदीका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउ(धनको रक्षा गर्ने कर्तब्य राज्यको हुने भन्दै अविलम्ब उद्धार कार्य गर्न भन्दै विज्ञप्तिमा संकटमा परेका नागरिकका लागी राज्यले सुरक्षित रहनुस भन्दै केबल बिज्ञप्ति निकाल्नु पर्याप्त नहुने बताए ।

क्रान्तिकारी विद्यार्थीले विज्ञप्तिमार्फत कुटनीतिक पहल गर्न र आर्थिक लगायत प्रबन्ध गरि अफ्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार गरे ।

प्रेस विज्ञप्ति :

लाखौं विद्यार्थीहरुको विश्वास र भरोसाको केन्द्र अनेरास्ववियू (क्रान्तिकारी) स्थापनाकालदेखी नै निरन्तर समग्र शैक्षिक जगत र आम नागरिकहरुका सुख , दुस्ख र अफ्ठ्यारोमा सँगै रहँदै आएको विषय सर्वविदीतै छ । हालै रुस(युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको सुरक्षा खतरा तथा त्यसबाट नेपाली विद्यार्थी लगायत त्यहाँ रहेका नेपाली समुदायमा परेको संकट प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । विदेशी भुमीमा रहेका नागरिकहरुमा प्राकृतिक विपत्ति, युद्ध र महामारीबाट सुरक्षा खतरा उत्पन्न हुँदा आफ्ना नागरिकको जिउ(धनको सुरक्षा गर्नु हरेक मुलुकका सरकारको पहिलो कर्तव्य हो । संकटमा परेका नागरिकहरुलाई सुरक्षित रहन अपिल गर्ने एउटा सामन्य विज्ञप्ति मात्रले राज्यको आफ्ना नागरिक प्रतिको जिम्मेवारी कदापी पुरा हुन सक्दैन । तसर्थ कुटनितिक पहल र आवश्यक आर्थिक लगायतका प्रबन्ध गर्दै सुरक्षा जोखिममा रहेका विद्यार्थीहरु तथा सम्पुर्ण नेपाली नागरिकहरुको उद्धार कार्य अबिलम्ब अघि बढाउन अनेरास्ववियू (क्रान्तिकारी) जोडदार माग गर्दछ ।
पञ्चा सिंह
अध्यक्ष

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com