२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

काठमाडौं । एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई) मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरूको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरू वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।

गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com