२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

मानापाथी हिमालको फेदमा भेटियो हराएको विमान

मानापाथी हिमालको फेदमा भेटियो हराएको विमान

काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको थासाङ(२ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको बताए । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौँ।’

उनले आफूहरुले पाएको सूचनाअनुसार त्यहाँ हेलिकप्टर पठाइसकेको जानकारी दिए । तर, मौसम भने अझै खराब रहेको उनी बताउँछन् ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com