२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो ।

पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए । ‘अहिले जसले टिकट पाउनेगरी सिट संख्या बाँडिएको छ, त्यो अब चलाइँदैन’, खतिवडाले भने ।
एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुनेछन् ।

यसैगरी कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१बाट उम्मेदवार बन्ने छन् ।

प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com