२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

कोहलपुरमा जिपको ठक्करबाट वृद्धको मृत्यु

नेपालगञ्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्र २०३ ००१ च ३९९२ नम्बरको जिपको ठक्करबाट शुक्रबार कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

सडक छेउमा पैदल यात्रा गरिरहेका थारूलाई जिपले ठक्कर दिएको र जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com