२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महरालाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी)का एक र एक स्वतन्त्र एक सदस्यको समर्थन छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com