२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

जापानी दूतावासले मनायो नारूहितोको ६४औँ जन्मोत्सव तथा राष्ट्रिय दिवस

काठमाडौँ- जापानी सम्राट नारूहितोको ६४औँ जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस नेपालस्थित जापानी दूतावासले मनाएको छ । शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा जन्मोत्सव तथा जापानको राष्ट्रिय दिवस दूतावासले मनाएको हो ।

नेपालका लागि जापानका राजदूत युताका किकुताले काठमाडौँको ताहाचलस्थित निवासमा एक कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, सहरी विकास मन्त्री सीता गुरुङ, पूर्वमन्त्रीहरू, संघीय संसद्‌का सदस्यहरूलगायतहरूको उपस्थिति रहेको थियो ।

‘२०२४ जनवरी १ का दिन जापानमा गएको भूकम्पमा नेपालले देखाएको सहानुभूति र जापानमा रहेका नेपालीहरूले प्रदान गरेको सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु’ राजदूत किकुताले भने ‘सन् २०२६ नेपाल एलडीसीबाट स्तरोन्नति हुने र सोही वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ पनि हुन्छ । स्मरणीय वर्षमा द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास छ ।’

जापान-नेपालबीचको जनताको द्विपक्षीय सम्बन्धलाई बलियो भएकाले स्वागत समारोह मनाउन पाउँदा हामी खुसी भएको राजदूत किकुताले बताए ।

राजदूत किकुता र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले जापानी संस्कृति प्रदर्शन, केन्दो काटा तरवार प्रयोग गरेर जापानी परम्परागत मार्शल आर्ट प्रदर्शन गरेका थिए ।

कार्यक्रममा ३६० जना उपस्थित भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com