२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेता बालकोटमा

ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेता बालकोटमा

काठमाडौं । महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का शीर्ष नेताहरू बालकोट पुगेका छन् ।

ठाकुरसहित गएका लोसपाका नेताहरूले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग राष्ट्रपतिको साझा व्यक्तित्व ठाकुर हुने भन्दै प्रस्ताव गरेका थिए, सोही प्रस्ताव लिएर मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।

‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरूसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनुभएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफूलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनुभयो र हामी निस्कयौं ।’

उनका अनुसार ओलीसँग साँझ भेटेपछि भोलि बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com