२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

एमसीसी पास गर्न सहमती जुटाउन बसेको कांग्रेस–एमालेको बालकोट बैठक निष्कर्ष विहिन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालेबीचको बालकोट बैठक वार्ता विना निश्कर्ष टुंगिएको छ ।

यसअघिको बैठकजस्तै दुवै दलबीचमा आआफ्नै अडान रहेपछि शनिबारको बैठकले कुनै ठोस निर्णय नलिएको बताएको छ ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा एमालेसँग संसद् सुचारु गर्न र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन संसद्बाट गर्न आग्रह गरिएको बताए ।

तर, एमालेले भने आफ्नो पूरानै अडान दोहोर्याएको मन्त्री कार्कीले बताए । एमालेले आफ्नो माग पूरा नभएसम्म संसद् अवरोध नहटाउने र एमसीसीको सन्दर्भमा निर्णय नगर्ने अडान लिएको छ ।

शनिबारको बालकोट बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने भनिए पनि व्यवस्तताका बाजबुद अनुपस्थित भएको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com