२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

बलात्कार आरोपमा लहानका उपप्रमुख महतो पक्राउ

बलात्कार आरोपमा लहानका उपप्रमुख महतो पक्राउ

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो बलात्कार आरोपमा पक्राउ परेका छन् ।

गत दुई महिनादेखि फरार रहेका उपप्रमुख महतो शुक्रबार दिउँसो कानुन व्यवसायी मार्फत लहान प्रहरीमा हाजिर भएका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले फरार सूचीमा रहेका उपप्रमुख महतो आफैँ वकिल लिएर हाजिर भएको बताए । उनले आज ढिला भएका कारण अनुसन्धानका लागि थप म्याद माग गरेको पनि जानकारी दिए ।

आइतबार अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने उनले बताए ।

डीएसपी बुढाथोकीका अनुसार उपप्रमुख महतोको स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा गराइएको र अनुसन्धान पूरा नभएसम्म थुनामा राखिने छ । जागिर लगाइदिने भन्दै प्रलोभन दिई एक २१ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोप उपप्रमुख महतोमाथि लागेको छ ।

प्रहरीले बताएअनुसार गत जेठ १९ गतेका दिन कम्प्युटर अपरेटरमा जागिरको प्रलोभन देखाई बलात्कारको प्रयास गरेको भनी साउन ४ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेदेखि नै महतो भागेपछि प्रहरीले फरार सूचीमा राखेका थियो ।

आफूलाई गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गर्न अपरेटर पदमा जागिर लगाइदिने प्रलोभन दिएर बलात्कारको प्रयास गरेको भन्ने कुरा ती महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com