२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

एमसीसीका विरुद्ध थप सशक्त बन्ने माओवादी केन्द्र मधेश प्रदेशको निर्णय

जनसेवा न्युज संवाददाता

माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्त विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसदबाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनबिना समर्थन र संसदबाट पास गर्न सकिँदैन ।’ एमसीसीलाई असफल बनाउन माओवादी केन्द्र निरन्तर लागिरहेको जिकिर गर्दै एमसीसीका विरुद्ध सबै देशभक्त नागरिकलाई आन्दोलनमा उत्रन पनि अपिल गरेको छ ।

त्यसैगरी प्रदेश कमिटीको गठन र घोषणालाई तत्काल सकेर अविलम्ब चुनाव लक्षित कार्यक्रमको तयारीमा जुट्ने पनि माओवादी केन्द्रले निर्णय गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com