२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

ट्रक दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

रासस । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा सुर्नया गाउँपालिका–३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन् । माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो । चालक पाटन नगरपालिका–४ का वीरेन्द्र खत्री फरार छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com