२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

रुसमाथि प्रतिबन्ध लगाउने कम्पनीको सूचीमा थपियो गुगल, विज्ञापन सेवा बन्द

एजेन्सी । अमेरिकी प्रविधि कम्पनी गुगलले रुसमा सम्पूर्ण विज्ञापन बन्द गरेको घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाउँदै गुगलले विज्ञापन सेवा बन्द गरेको घोषणा गरेको हो । रुसमा सबै प्रकारका विज्ञापन बन्द गरेको घोषणा गर्दै कम्पनीले भन्छ, ‘हामी रुसमा गुगल एड बन्द गर्न गइरहेका छौं । हामी यसपछि हुने आफ्नो निर्णय पनि सबैलाई जानकारी दिने छौं ।’
कम्पनीको यो निर्णयले रुस भित्र बज्ने सम्पूर्ण विज्ञापनलाई समेट्ने छ ।

युट्युबमार्फत हुने प्रसारण समेत यही निर्णयबाट रोकिने गुगलले जनाएको छ । गुगलको यो कदमले रुसभित्र रहेका ठूलो प्रविधि प्लेटफर्मले आफ्नो सेवा बन्द गर्ने तयारीमा रहेको समेत देखाएको छ । यस्तै, रुसमा सञ्चालनमा रहेका ठूलो प्रविधि कम्पनीले निरन्तर सेवा बन्द गर्दै आइरहेका छन् ।

यद्यपि, रुसी सरकारले यस अघि नै अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ । रुसले युट्युब, गुगल, फेसबुक र ट्वीटरजस्ता प्रविधि कम्पनीमाथि आफ्नो देशमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com