२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

तीन देशका प्रधानमन्त्री कीभमा, भने : तपाईंहरु एक्लै हुनुहुन्न

एजेन्सी ।पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले मंगलबार कीभको भ्रमण गरे जहाँ उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् । स्लोभेनियाका प्रधानमन्त्री जेनेज जान्साले युक्रेनका जनतालाई भने – तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको लडाइ हाम्रो लडाइ हो र हामी मिलेर जित्नेछौं।

चेक प्रधानमन्त्री पेत्र फियालाले भने, तपाईं आफ्नो जीवन, आफ्नो स्वतन्त्रताको लागि लडिरहनु भएको छ । तर हामीलाई थाहा छ कि तपाईं हाम्रो जीवन र हाम्रो स्वतन्त्रताको लागि पनि लड्दै हुनुहुन्छ। उनले थपे, हामी तपाईंको साहसको प्रशंसा गर्छौं र हामी थप सहायता र समर्थन प्रदान गर्न जारी राख्नेछौं । युक्रेनका जनताको साथमा युरोप उभिएको छ।

दुवै नेताले युक्रेनी भाषामा ‘ग्लोरी टु युक्रेन’ भनेका छन् । गत महिना रुसको आक्रमणपछि युक्रेनमा कुनै विदेशी नेताको यो पहिलो भ्रमण हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com