२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

रुसी विमानले क्यानडाको हवाई क्षेत्र उल्लंघन गर्‍यो

रुसी विमानले क्यानडाको हवाई क्षेत्र उल्लंघन गरेको छ । क्यानडाले कुनै पनि रुसी विमानलाई आफ्नो क्षेत्रमा प्रवेश गर्नबाट रोक लगाए पनि एक रूसी व्यावसायिक विमान क्यानडाको हवाई क्षेत्रमा उडेको छ ।

क्यानडाको यातायात मन्त्रालयले एरोफ्लोट उडान १११ को आचरणको समीक्षा गर्ने र ूउचित प्रवर्तन कारबाही गर्न नहिचकिचाउने बताएको छ ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट अवेयरका अनुसार आइतबार मियामी, फ्लोरिडाबाट प्रस्थान गरेपछि विमान मस्कोका लागि उडान गरिरहेको थियो ।

अमेरिकाले पनि यस्तै कारबाहीका लागि विचार गरिरहेको बताएको छ । तर अन्तिम निर्णय गर्न बाँकी रहेको अमेरिकी अधिकारीहरूले भनेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com