२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

वीरेन्द्रनगर तनावग्रस्त, प्रहरी र आन्दोलनकारीबीच झडप

जनसेवा न्युज संवाददाता

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आज गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलन भइरहेको स्थलमा छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ।

विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक तनावग्रस्त बनिरहेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ। तर विभिन्न गल्लीबाट आन्दोलनकारीहरु निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com