२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

दक्षिण सुडानमा पाँच जना राष्ट्रसंघीय सहायताकर्मी मारिए

एजेन्सी । संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो ।

मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी गराएको हो ।

उक्त संयुक्त राष्ट्रसंघीय निकायले गत वर्षमात्र आफ्ना पाँच जना कर्मचारीले ज्यान गुमाएका र अरु कैयौँ अपहरण गरी पछि मुक्त गरिएको जनाएको छ।

दक्षिण सुडानमा सन् २०१३ बाट हिंसा सुरु भएयता धेरै नागरिकको ज्यान गएको छ । साथै यहाँ संयुक्त राष्ट्रसंघको मानवीय सहायताका क्षेत्रमा कार्यरत सहायताकर्मीहरु पनि मारिने क्रम जारी रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com