२०८१ मंसिर २६ - Wed Dec, 2024 -

Janasewa News

प्राइम र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ — नक्कली कर्मचारी देखाएर प्राइम लाइफ इन्स्योरेन्सले करिब ३ करोड २ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । नियामक निकाय बिमा समितिले गरेको स्थलगत अनुसन्धानका क्रममा उक्त तथ्य फेला पारेको बताइएको छ ।980

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४ –७५ र २०७६–७६ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ कर्मचारीका रूपमा २९ जना नियुक्त गरेको भनिए पनि उक्त कुरा अनुसन्धानका क्रममा खुल्न नआएकाले उक्त कम्पनीलाई कानुनबमोजिम कारबाही गर्न पत्र काटिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

यस विषयमा गत मंसिर २४ मा बिमा कम्पनीसँग स्पष्टीकरण सोधिएको थियो । तर उताबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका २०७५ विपरीत भएको पौडेलको भनाइ छ ।

‘तलब भत्ता निर्धारण नै नगरी कर्मचारी खर्चका नाममा ३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखियो,’ पौडेलले भने, ‘कर्मचारी नियुक्त गरेको भनिए पनि उनीहरूको हाजिरी पनि छैन, कर्मचारी विनियमावलीबमोजिम नियुक्त गरेको पनि छैन ।’

प्राइम लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईको कार्यकालमा उक्त घटना भएको हो । यसकारण तत्कालीन नेतृत्वलाई पनि केकस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको बिमा समिति स्रोतले बताएको छ । ‘त्यतिबेला वैदेशिक रोजगारीमा जाने क्रम

ह्वात्तै थियो, स्रोतले भन्यो, उक्त समयमा म्यानपावर कम्पनीका मानिसलाई कर्मचारी देखाएर रकम बाँडेको देखियो । कम्पनी स्रोतले भने ती कर्मचारी नक्कली नभई सक्कली रहेको र नियुक्तिको सबै प्रक्रिया पूरा भएको दाबी गरेको छ ।

यसैगरी नक्कली बिमालेख सम्बन्धमा पनि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको बताइएको छ । ‘बिमा कम्पनीबाट आधिकारिक रूपमा बिमालेख जारी गर्नुपर्नेमा कम्पनीको कमजोर आन्तरिक नियमन प्रणालीका कारण कर्मचारी प्रकाश रेग्मीले कार्यालयको छाप, कागजात प्रयोग गरी नक्कली बिमालेख जारी गरेको भेटियो, बिमा समिति सञ्चालक समितिको निर्णयमा भनिएको छ । उल्लिखित विषयमा उच्च अदालत पाटनले पनि कम्पनीको विपक्षमा फैसला गरेको छ ।

‘वैदेशिक रोजगार बिमालाई सुरक्षित, मर्यादित र व्यवस्थित नगरी समितिको निर्देशन उल्लंघन गरेको देखिएकाले बिमकलाई बिमा ऐन २०४९ को दफा ३६ को उपदाफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना किन नगर्ने ?’ समितिको निर्णयमा भनिएको छ । उक्त जरिवाना हुन नपर्ने भए पत्र पाएको ७ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेस गर्न समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई पनि कारबाही गरेको छ । सञ्चालकहरूलाई नियमविपरीत एकभन्दा बढी समितिरउपसमितिमा आबद्ध गराएको र योग्यता नपुगेको व्यक्तिलाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेकोलगायत विषयमा समितिले कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । यही पुस ६ मा बसेको समितिको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । ‘उक्त कम्पनीमा १४ वटा समितिरउपसमितिमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ र विमल ढकाल ३ वटा समितिरउपसमितिमा संयोजक रहेको देखिन आएको हुँदा यस समितिबाट जारी बिमकको संस्थागत सुशासनसँग सम्बन्धित निर्देशिका २०७५ को व्यवस्थाविपरीत रहेको देखियो,’ समितिको निर्णयमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com