२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अर्थमन्त्री शर्माद्वारा भोलि जेष्ठ १५गते ४ बजे बजेट प्रस्तुत हुने

 

काठमाडौं । सरकारले जेष्ठ १५ गते आइतबार (भोलि) अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन् ।

उनले भने, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्येयको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु । प्रतिनिधिसभाको अर्को बैठक २०७९ साल जेष्ठ १५ गते आइतबार अपरान्ह ६ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ ।’

यसअघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/७८ को यथार्थ र आर्थिक वर्ष २०७८/७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक जेष्ठ १५ गते अपरान्ह ६ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com