फुटपाथ खाली गराउन थालेपछि व्यापारीद्वारा महानगरपालिका घेराउ

फुटपाथ खाली गराउन थालेपछि व्यापारीद्वारा महानगरपालिका घेराउ

जनसेवा न्युज डटकम संवाददाता

विराटनगरको मुख्य व्यापारिक क्षेत्रमा रहेको फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन् । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि विरोध गर्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका व्यापारीले सोमबार महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिए । आफूहरुले फुटपाथ नमिचेको बताउँदै व्यापारीले निर्वाध रुपमा व्यापार गर्ने वातावरण बनाउन माग गरेका छन् ।​ सहरको सौन्दर्यकरण वृद्धि गर्न र सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने भन्दै महानगरपालिकाले शुक्रबारदेखि फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान सुरु गरेको थियो । ​महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X