२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

श्रीलङ्काले थप्यो रुस र युक्रेनका पर्यटकको भिसा अवधि

एजेन्सी । श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ । उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

रुसले युक्रेनमाथी आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ । युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देश तर्फ जाने गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरु रहेको जनाएका छन् । ती मध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन भने तीन हजार ९९३ जना युक्रेनका रहेका छन् ।

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरुले जनाएका छन् ।सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com