२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भारतमा थपिए छ हजार ९१५ जना नयाँ सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com