२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

अमेरिका र बेलायतले लगायो रुसी तेल आयातमा प्रतिबन्ध

एजेन्सी । अमेरिका र बेलायतले रुसी तेल आयातमा प्रतिबन्ध लगाएका छन् । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध लगाएका हुन् ।

आफूले चालेको कदमले प्रतिबन्धले रुसको अर्थव्यवस्थामा ठूलो धक्का पुग्ने बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले भनेका छन्– ‘हामी रुसबाट हुने तेलको आयातमाथि प्रतिबन्ध गर्दैछौं ।’

यता बेलायतले पनि सन् २०२२ को अन्तिमसम्म तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो कदमले रुसमाथि तत्काल असर नपरे पनि केहि समयपछि ठूलो असर देखिने बताएका बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकामा तेल र अन्य परिष्कृत उत्पादनको ८ प्रतिशत र बेलायतमा तेलको करिब ६ प्रतिशत आयात रुसबाट हुने बीबीसीले जनाएका छ ।

अमेरिका र बेलायतले तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरिरहँदा उता रुसले भने कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

रुस युरोपमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ । अमेरिका र साउदी अरेबियापछि रुस विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । रुस हरेक दिन ४० देखि ५० लाख ब्यारल कच्चा तेल र वार्षिक ८ हजार ५ सय अरब क्युबिक फिट प्राकृतिक ग्यास निर्यात गर्छ ।

जारी संघर्षका बीच रुसमाथिको निर्भरता कम गर्न युरोपेली मुलुकले विभिन्न विकल्प सोचिरहेका छन् । बिहीबार यसै विषयमा कुरा गर्न युरोपेली संघको बैठक बस्दै छ । साथै युरोपका नेताहरूले युरोपमा नयाँ इतिहास बन्न गइरहेको दाबी गरिरहेका छन् ।

सन् २०३० सम्म विकास र लगानीका साथै ऊर्जा आपूर्तिका लागि नयाँ रुटको खोजी गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । सन् २००८ पछि विश्वबजारमा कच्चा तेलको मू्ल्य उचाइमा पुगेको छ । सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com