२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

दीपा सुहाङको ‘यौवन’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका दीपा सुहाङको स्वरमा रेकर्ड गरिएको ‘यौवन’ सार्वजनिक भएको छ । युवा युवतीहरुमा यौवनको प्रभावलाई नियन्त्रण नगरिए कस्तो रुप लिन्छ भन्ने प्रसंग उक्त गीतमा समेटिएको छ ।

गीतलाई लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले संगीत भरेका छन् । त्यस्तै गीतको शब्द भने लालगोपाल सुवेदीको रहेको छ ।

रिमा ‘रीमा इन्टरटेनमेन्ट’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतको एरेन्ज मनोज खड्काको रहेको छ । उक्त गीतको ओरिजिनल मेल भर्सन भने राजेश पायल राईको हो ।

सुहाङ नेपाली गीत संगीतमा उदयीमान गायिका हुन् । यसअघि लोक गायक रायमाझीले उनकै स्वरमा ‘आगो पीएर बाँच्ने’ बोलको गीत पनि रेकर्ड गराएका थिए ।

(भिडियो)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com