२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

नारायणकाजी र कपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता श्रेष्ठबीच मनमुटाव बढेसँगै विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तिवन पुगेका हुन् । उहाँहरुबीच बुधबार बिहान छलफल भएको स्रोतले जनाएको छ ।

एमसीसी पास भएसँगै माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्किरहेको छ । सुरुबाटै एमसीसीको बिरोध गर्दै आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको निर्णय बिपरित एमसीसी पास गर्न भूमिका खेलेको भन्दै नारायणकाजी श्रेष्ठ सहित शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् ।

विप्लव पनि एमसीसीको विपक्षमा रहेका थिए । सो विषयलाई लिएर श्रेष्ठ र विप्लवबीच छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेता श्रेष्ठलाई फकाउन मंगलबार हात्तिवन पुगेका थिए । तर उहाँहरुबीच सहमति हुनसकेको छैन। अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग आजपनि छलफल गर्ने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com