२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

बोल्दा बोल्दै लखेटिए कार्यक्रम स्थलवाट दुर्गा प्रसाई

बोल्दा बोल्दै लखेटिए कार्यक्रम स्थलवाट दुर्गा प्रसाई

काठमाडौं । मेडिकल माफियाका रुपमा चिनिएका व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ आफ्नै गृहजिल्ला झापामा बोल्दा बोल्दै लखेटिएका छन्।

झापामा आयोजित किराँती सत्यहाङ धर्मवलम्बीहरुको कार्यक्रममा प्रसाईँ बोल्दाबोल्दै विरोध भएको हो। उनले आफ्नो व्यवसाय र समाजसेवाको दुहाईँ दिँदै भोट माग्ने हिसाबले अभिव्यक्ति दिन थालेपछि कार्यक्रममा उपस्थितहरु आक्रोशित बनेका थिए।

हल्दीबारीमा आयोजित धार्मिक कार्यक्रममा किराँती सत्यहाङमा धर्म–लाम्बीहरूका लागि भवन बनाइदिने, उपचार नपाएकाहरुलाई निशुल्क उपचार गरिदिने र सहयोग आवश्यक भए आफूलाई जतिबेला पनि सम्झन सक्ने बताउँदै थिए।

तर, स्थानीयले प्रसाईँले भोट माग्नका लागि यस्तो कुरा गरेको भन्दै विरोध जनाएका थिए। स्थानीयले चर्को विरोध गरेपछि प्रसाईँले बिचमै आफ्नो सम्बोधन सकेका थिए।

विवादित छविका प्रसाईँ केही समय अघि मात्रै नेकपा एमाले प्रवेश गरेका थिए। उनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीका नकिट व्यक्तिकारुपमा परिचित छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com