२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

गोपनीयता भंग हुने भएकाले बैठकको लाइभ गरिएनः माधव सापकोटा

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

बुधबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरू राखिसकेपछि १८ जना केन्द्रीय कमिटी सदस्यहरूले आफ्ना धारणा राखेका हुन् । अध्यक्ष दाहालले संठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले बताए । उनले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताए । उनले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पारे ।

उनले भने, ‘पार्टी अध्यक्ष कमरेडले बैठकमा छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको कुरा उठिरहेको थियो, यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने । विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रस्ताव राख्नुभएको छ । आज १८ जनाले आफ्ना धारणा राख्नुभयो । बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनीयता भंग हुन्छ । त्यसलाई आन्तरिक रुपमा सीमित गरिएको हो ।’

केन्द्रीय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनीयता भंग हुने भएकाले नगरेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com