२०८१ श्रावण १२ - Sat Jul, 2024 -

Janasewa News

सञ्चारमन्त्री रेखा शर्मा सरकारको प्रवक्ता

सञ्चारमन्त्री रेखा शर्मा सरकारको प्रवक्ता

काठमाडौं। सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सांसद रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री भएकी हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट निर्वाचित भएकी थिइन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १ सय ९६ मतान्तरले हराएकी थिइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पोखरेल हारेपछि रेखालाई उपराष्ट्रपति बनाएर सांसद पदबाट राजीनामा दिन लगाउने विषयमा समेत छलफल चलेको थियो । तर, शर्माले उपराष्ट्रपति पद अस्वीकार गरेपछि त्यो विषय हराएको थियो । एमाले महासचिवलाई हराएर निर्वाचित भएकै कारण पनि उनको मन्त्री बन्ने चर्चा चलेको थियो ।

मंगलबार राष्ट्रपतिबाट शपथ लिएसँगै उनले मन्त्रालयमा कार्यभारसमेत सम्हालेकी हुन् ।

यसअघि शर्मा दुईपटक समानुपातिक प्रणालीबाट सांसद भइसकेकी छन् । पहिलोपटक २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनी समानुपातिक सांसद बनेकी थिइन् । २०७४ को निर्वाचनमा पनि उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com