२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्नभए पदबाट बर्खास्त-मन्त्री पुन

काठमाडौं, । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरुले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रवन्धअनुसार चल्न निर्देशन दिएका छन् ।

कुनैपनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको पनि उनले उल्लेख गरेका छन् । मन्त्री पुनले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्नसकिने चेतावनी दिएका छन् ।

विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com