कांग्रेसका दोलखा जिल्लाका सभापति जुवाखेलबाट प्रहरी फन्दामा
प्रकाशितः २०७८ कात्तिक २० शनिबार
काठमाण्डौ कात्तिक १९ सुक्रबार, नेपाली कांग्रेस दोलखा जिल्लाका सभापति जुवाखालबाट पक्राउ परेका छन्। दोलखा कांग्रेसका सभापति बर्मा लामासहित १८ जनालाई बौद्धबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेको सूचना प्रहरीलाई आएपछि छापा मार्दा सभापति लामासहित १८ जना पक्राउ परेका महानगरीय प्रहरी वृत्त, बौद्धले जनसेवान्यूज लाई जनाएको छ।
पक्राउ परेका उनीहरुको साथबाट ६ लाख ३२ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ।