२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘कहीँकतै आचारसंहिता उल्लंघनका घटना भयो भने फिल्डबाटै कारबाही गर्न सक्ने गरी आयोगले १९ वटा टोली खटाएको छ । ती टोलीले फिल्डबाटै एक्सन लिएर आचारसंहिता उल्लंघनकर्तालाई कारबाही गरेको आयोगमा जानकारी गराउनेछन्,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

आयोगले ती टोलीलाई तुलनात्मक रूपमा संवेदनशील मानिएका स्थानमा खटाएको हो । अनुगमन टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्ता घटना भएको पाइए वा देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com