२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

दीपिकालाई १८ वर्षको उमेरमा स्तनको शल्यक्रिया गर्ने सल्लाह

एजेन्सी

बलिउड अभिनेत्री दीपिका पादुुकोणले आफूलाई १८ वर्षको उमेरमा स्तनको शल्यक्रिया गर्न सुझाव आएको खुलासा गरेकी छन् । तर आफूले त्यो सुझावलाई अस्वीकार गरेको उनको भनाइ छ ।

हालैको एक अन्तर्वार्तामा आफूलाई आएको सो सल्लाहबारे उनले भनेकी छिन्, ‘मलाई १८ वर्षको हुँदा सबैभन्दा नराम्रो सल्लाह मिलेको थियो । उक्त समयमा कसैले मलाई स्तन इम्प्लान्ट गर्नका लागि भनेका थिए । तर सो सल्लाहलाई मैले गम्भीरताका साथ लिइनँ ।’

तर यहीबीचमा सबैभन्दा राम्रो सल्लाह शाहरुख खानबाट मिलेको उनले बताएकी छन् । खानबाट धेरै कुरा सिक्ने अवसर पनि प्राप्त भएको उनले बताइन् ।

२००७ मा दीपिकाले फराह खानको फिल्म ओम शान्ति ओमबाट बलिउडमा आफ्नो करियर सुरु गरेकी थिइन् । यो फिल्ममा दीपिकासँग शाहरुख खान र अर्जुन रामपाल पनि थिए । यो फिल्म गर्दाको समयमा उनी २१ वर्षकी थिइन् । पछि उनले कयौ फिल्ममा काम गरिन् । जसमध्ये ‘ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यूू इयर, बाजीराव मस्तानी, पद्यावत लगायत हिट भए । पछिल्लो पटक उनी गेहराइयामा देखिएकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com