२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

होलीको रंगसँगै रोमान्टिक शुभेक्षा र अरुण

होलीको रंगसँगै रोमान्टिक शुभेक्षा र अरुण

काठमाडौँ । अभिनेत्री शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म हो ‘प्रेमा’ । १७ चैत्रमा रिलिज हुने फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको छ ।

सोमबार परेको फागु पूर्णिमाको अवसर पारेर फिल्मका कलाकार मुख्य अरुण र शुभेक्षाले होली फोटोसुट गरेका छन् । तस्बिरमा रातो रंगमा अरुण र शुभेक्षाको जोडीलाई निकै सुहाएको छ । उनीहरुले विभिन्न पोजमा आकर्षक तस्बिर खिचाएका छन् ।

थापाथलीस्थित युएन पार्कमा खिचिएको तस्बिरमा दुवैलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ । निर्देशक भण्डारीले फिल्मको प्रमोसनमा होलीले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कलाकारको फोटोसुट गरिएको बताए ।

काठमाडौँ, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल लगायतको अभिनय छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com