२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

हुम्लामा नयाँ भाडादर निर्धारण

रासस । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ । हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेकोे हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्था लगायतकाको उपस्थितिमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा बाटो इजाजत पत्र बिना गाडी सञ्चालन भइरहेको र मनपरी भाडा असुल्ने कार्य भएको भन्दै सो निर्णय गरेको हो । यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतको परिपत्र अनुसार सो व्यवस्था गरिएको हो ।

जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरुपता बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लामा उक्त परिपत्र आएको थियो । हुम्लामा कतिपय गाडी अनुमतिबिना सञ्चालन भएका, कालो प्लेटसमेत नभएका र रातो प्लेटमा काम चलाउँदै आएका छन् ।

सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ । अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार सम्म ८०, ताँजाकोटको कवाडीदेखि मैला–छपे्रला–चाखुरेसम्म ८८, पैमादेखि सिरुपाटा–गोठेलवाडासम्म ८८ र लयाटा–काडागाउँसम्म ५६ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै छप्रेलादेखि नैकालासम्म ३२, खच्चादेखि भुज्माधारासम्म ४०, सरिसल्ला मैला कवाडी ३१२, सरिसल्ला पिप्पलाङ ४०, लोती–मुगु सिमानासम्म २१६ तथा सरिसल्ला–सर्केगाड ८० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी माथिल्लो भेगको खार्पुनाथ–खर्पेलगाउ ६०, खार्पुनाथ–बोक्चेगौडा ४०, खार्पुनाथ– सिमकोट १२०, सिमकोट– लिमाटाङ रलिग १५०, सिमकोट–बरागाउँ, ठेहे, दोजाम २२०, सिमकोट– हेप्का १७०, सल्ली–लिमी ५५०, ट्याक्ची–हल्जी १५० रुपैयाँ कायम भएको छ । त्यस्तै सिमकोट–औलधिगा १५०, सिमकोट–लेखधिगा २२०, सिमकोट– लेगधिगा–लिमिलाप्चा ९०० र सिमकोट हिल्सा ९५० भाडादर कायम गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com