२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

गगन थापा जस्तो विदेशी ‘दलाल’ अरु कोही देखिएनः प्रवक्ता प्रकाण्ड

काठमाडौं । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले एमसीसी राष्ट्रको हित विपरित रहेको जनाएको छ । उक्त कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्डले प्रचण्डकै कारण १५ गते एमसीसी पारित भएको आरोप लगाए ।

उनले भने( ‘प्रचण्डजी जस्तो दलाल र राष्ट्रघाती, राष्ट्रकाविरुद्ध गद्दार गर्ने अरु कोही देखिएन । प्रचण्डजीकै कारण १५ गते एमसीसी पारित भयो ।’

उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि अमेरिकी दलाल भएको आरोप लगाए । उनले बुढा दलालहरुले गर्न नसकेपछि युवा दलालहरु सक्रिय भएको दाबी पनि गरे । उनले भने, ‘बुढापाका दलालहरुले नसकेपछि युवा नेताका नाममा दलाली सुरु गरे ।’

सदनबाटै एमसीसी पारित गरेर सरकारले जनताको भावनाबिपरित एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै आफूहरुले यसलाई रोक्ने चेतावनी पनि दिए ।

एमसीसी आर्थिक परियोजना मात्र नभएर सैन्य रणनीतिका लागि आएको १२ बुँदेले पुष्टि गरेको पनि उनले दाबी गरे ।

अब एमसीसीको विरोधमा जनता उर्लने भन्दै जनताको बलमा एमसीसी लागू हुन नदिने उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com