२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

युक्रेनको मारिउपोल शहर रुसी सेनाको कब्जामा

काठमाडौं । रुसी सेनाले युक्रेनको समुद्री क्षेत्रमा रहेको शहर मारिउपोललाई आफ्नो कब्जामा लिएको छ । पूर्वी युक्रेनको महत्वपूर्ण शहरमा बिहीबार रुसी सेनाले कब्जा जमाएको हो ।

मारिउपोल शहरका मेयरले दिएको जानकारी अनुसार रुसी सेनाले अहिले सहरको विद्युत्, खाद्यान्न, पानी र यातायात सेवा अवरुद्ध पारेको छ । मारिउपोल शहरका मेयर भादिम बोयचेन्कोले रुसले शहरको चारैतिरबाट धेरा हाल्दै आवश्यक सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको बताएका छन् ।

उनले यसलाई दोस्रो विश्वयुद्धमा नाजिहरुले अपनाएको खराब रणनीतिको संज्ञा दिएका छन् । दोस्रो विश्वयुद्धमा नाजिहरुले रुसको दोस्रो ठूलो शहरमा आवश्यक सामग्रीको आपूर्ति रोकेका थिए । जसको कारण शहरमा बस्ने हजारौं मानिसको मृत्यु भएको थियो ।

बोयचेन्कोका अनुसार रुसी सेनाले शहरको रेल सेवा अवरुद्ध पारेको छ । जसको कारण सहरका महिला तथा बालबालिकाको उद्धार पनि गर्न नसकिएको उनको भनाइ छ । यो युक्रेनको रणनीतिक शहर हो । यहाँको जनसंख्या ४ लाखभन्दा धेरै छ । यसअघि रुसी सेनाले युक्रेनको खेरसन शहरमा कब्जा जमाएको थियो । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा पनि कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com