२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पल शाह प्रकरणमा दीपकराज गिरीले भने ‘पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्न आग्रह

जनसेवा न्युज संवाददाता

अभिनेता पल शाह प्रकरणमा मुख खोल्ने कलाकारको संख्या बढ्दो छ । यस्तैमा कलाकार दीपकराज गिरीले पनि मुख खोलेका छन् । उनले पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्न अनुरोध गरेका छन् ।


गिरीले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै पीडित गायिकाको प्रगतिमा गर्व गर्ने पनि बताएका छन् । ‘उनले आज जे भोगिरहेकी छिन् त्यसमा हाम्रो क्षेत्र, हाम्रो संगत र हाम्रो वातावरणको दोष छ, कि छैन’ गिरीले भने ‘ मलाई यहाँ यो दोषी र यो निर्दोष भनेर फैसला गर्नु छैन । त्यो काम मेरो हुँदै होइन ।’
उनले आज म लेख्छ भनेर सुरु गरेको पोष्टको अत्यमा आफूले केही लेख्दा गाली खाने गरेको र अहिलेको लेखमा पनि गाली आए स्वीकार्न तयार रहेको बताए । भने, ‘गाली बानी जस्तै भएको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com