२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

जनमतलाई दिइने थप मन्त्रालयको बारेमा आज  टुङ्गो लगाइने

जनमतलाई दिइने थप मन्त्रालयको बारेमा आज  टुङ्गो लगाइने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा आज सोमबार मात्र टुङ्गो लगाउने भएको छ ।

भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिएको थियो तर अब त्यो भाका सोमबारलाई सरेको छ ।

जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने कुराकानी भएको बताए । उनले भने आज बिदा भएको कारण त्यसमा खासै कुराकानी हुन नसक्ने भएकाले सोमबार मन्त्रालयको टुङ्गो लगाउने भनी कुरा आएको छ ।

प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतका बीचमा कुराकानी हुनसक्छ तर त्यसको विषयमा अझै टुङ्गो लागेको छैन भन्दै उनले आज सत्ताधारी दलका अध्यक्षहरूको बीचमा आज बालुवाटारमा छलफल हुने भनिएको छ त्यहाँ पनि जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com